सिता वि.क. को सफलताको कथा(पामे शाखा)
कालिका लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय पामेबाट कास्की जिल्ला पोखरा मा.न. पा. वडा नं. २३ मा स्थायी घर भएकी सिता वि.क. गाँउमा बाँदरको बिगबिगी भएको कारण गाउँमा कोही पनि बस्न नस्कने अवस्था रहयो । यो अवस्थाले सिता वि.क. लाई मात्र अछुत छाडेन अन्तत सिता वि.क पनि त्यस गाउँ छाडी हिड्नुपर्ने बाध्यता रहयो । सिता वि.क. आफ्नो गाउँ देखि तल फाँटमा बसोबास गर्न थाल्नुभयो । आफ्नो घरबाट निस्केपछि बाहिर बसोबास गर्न लागेपछि उहाँलाई समय यसै खेर गैरहेको छ भन्ने चिन्ता पर्दथ्यो । कही कतैबाट केही रकम लिन पाए केही व्यवसाय गर्ने सोचमा रहेकी सिता वि.क. ले लघुवित्त वित्तिय संस्थाबाट विना धितो कर्जा प्रवाह हुन्छ भन्ने थाहा पाएपछि उहाँलाई लघुवित्तमा आवद्ध भई कर्जा लिई व्यवसाय गर्ने चाहाना भयो । उहाँको त्यो चाहाना पुरा गर्नको लागी कालिका लघुवित्त वित्तीय संस्था लि. ले उहाँलाई धेरै सहयोग मिल्योे । केही गर्ने सोचमा रहेकी सिता वि.क.को चाहाना कालिका लघुवित्त वित्तिय संस्था लि. ले पुरा गरेको छ । मिति २०७६।०१।१३ मा यस संस्थामा आवद्घ भई ७ दिनको तालिम लिई लघुवित्तको कर्जा तथा बचतको बारेमा जानकारी लिनुभयो । त्यसपछि उहाँले मासिक बचत तथा कर्जा कारोवार सुरु गर्नुभयो । उहाँले सुरुमा भैसीपालन गर्नुभयो । भैसीपालन बाट राम्रो आम्दानी भएपछि उहाँले भैसी संगसगै तरकारी खेती पनि सुरु गर्नुभयो । यि दुवै व्यवसायबाट राम्रो आम्दानी आएपछि श्रीमान श्रीमति नै यसै व्यवसायमा रुची राखी यसै व्यवसायमा व्यस्त हुनुहुन्छ । उहाँको यतिबेला भैसी गाई तथा टनेल खेती छ । उहाँले यस व्यवसायबाट मनग्य आम्दानी लिनुभएको छ ।