अमृता घर्ति मगरको सफलताको कथा, सुलिचौर शाखा रोल्पा
मेहेनत गर्ने व्यक्ति कहिल्यै असफल हुदैंन, भन्ने गतिलो उदाहरण बनेकी हुन,कालिका लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सुलिचौर रोल्पामा संचालित केन्द्र नं. ४७.००२.०१.१ की सदस्य अमृता घर्ति मगर,उनका ससुरा बाजेको रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नं. ०३ मा सानो किराना पसल संचालन गरेर परिवारका सदस्यको लालन पालन गर्ने गरेको हुदाँ त्यस सामान्य पसलले मात्र दैनिकी चलाउन गाह्रो भएको हुदाँ त्यसलाई बढाई प्रगति गर्ने सोच अमृताको रहेको पाइयो । त्यसै क्रममा मिति २०७५/०१/०७ गते कालिका लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु संस्थाको बारेमा स्थानीयहरुलाई बुझाउदै गर्दा अमृता घर्ति मगर पनि त्यहाँ सामेल हुन पुगिन । ७ दिनको तालिम पश्चात संस्थामा आवद्ध भएकी हुन । आम्दानीको स्रोत दिगो र गतिलो नभएको तर मनमा आट र केहि गर्छु भन्ने शाहस लाइ वित्तीय संस्थाले सहयोग नगर्ने कुरै भएन ग्रामिण भेगमा वित्तीय चेतना र आर्थिक समावेशिता विकास गर्दै स्थानिय स्तरमा वित्तीय स्रोत उपलब्ध गराई उद्यमसिलता विकास र बिस्तार गर्ने मुल मन्त्र लिएर जनस्तरमा सेवा संजाल बिस्तार गरेको संस्थाले अमृता घर्ति मगर जस्तै जोस,जाँगर भएका मानिसहरु खोजिरहेको थियो । सहयोगी संस्था र मन मिल्ने घरपरिवार अमृता घर्ति मगरको सफलताको सारथी हुन । सुरुमा सानो रकमको बचत कारोबारबाट मात्र सुरु गरेको संस्था संगको यात्राको ठुलो उपलब्धि अमृता घर्ति मगर हुन । त्यो बेला लाग्थ्यो जब उनलाई व्यवसाय बिस्तारका लागि संस्थाले कर्जा उपलब्ध गरायो । संस्थाको सानो रकमबाट सुरु गरेको कर्जाको कारोवार आज ठुलो हुन पुगेको छ । पहिला समुह संचालन, बचत तथा कर्जाको किस्ता लगाएत कुराहरुबाट डराउने अमृता संस्था संगको सहकार्यबाट आज धेरै बचत र उचित कारोबार गर्न डराउदिनन् ।