सफलताको कथा ,माया देवि थनेत,चोरमारा शाखा,नवलपुर
बारीमा ४ कठ्ठामा आलु खेती,अर्को बारीमा माछा पालन, घरमा किराना पसल र बाख्रा पालन, यी सबै व्यवसायका लागी काममा खटी रहेको श्रीमान र श्रीमती, मध्यविन्दु नगरपालिका वडा नं २ ,नन्दपुर,नवलपरासी मा रहेको माया देवी थनेतको घर अगाडी देखिने द्वश्य हो ।यसै क्रममा मिति २०७०/०८/०७ गते कालिका लघुवित्त वित्तीय सस्था लि. संस्थाका कर्मचारीहरु संस्थाको बारेमा बुझाउदै गर्दा उनी पनि त्यहा पुगिन र ७ दिने तालिम पश्चात उनी संस्थाको चोरमारा शाखामा आवद्द भईन, मनमा आट र केही गछु भनी शाहास लाई यस वित्तिय संस्थाले पुर्ण गरिदियो । शुरुमा सानो कर्जा देखि शुरुवात गरेको माया देवी थनेतले हाल यस सस्थाबाट रु ५,००,०००/– कर्जा लिई थुप्रै व्यवासायहरु संचालन गरेकी छिन । सबै व्यवसायहरु श्रीमान÷श्रीमतीको मिहिनेत र लगनाशिलाता नै सफल भएको उनी बताउछिन । कर्जा मात्र नभई वित्तीय संस्थामा आवद्ध भए पछि सानो–सानो रकम संकलन गरी बचत गर्ने बानीको विकास भएको पनि उनी बताउछिन । उनिलाई सफल बनाउन कालिका लघुवित्तको ठुलो हात रहेको बताउछिन । श्रीमान बैदेशिक रोजगारीमा बाहिर गएता पनि राम्रो कमाई नहुदा स्वदेश फर्कीनु पर्यो । अनि स्वदेशमै कृर्षीमा फाइदा देख्नुभयो र श्रीमान श्रीमाती कृर्षी पेशामा आवद्ध हुनुभयो र अहिले कृर्षीको लागि टेक्ट्रर पनि किनेर श्रीमानले चलाएको पनि बताउछिन । पचास बसन्त पार गरेकी माया देवि थनेत र पच्चपन्न बसन्त पार गरेका उनको श्रीमान यो दाम्पतिले चलाएको जाँगर देख्दा हरेको मनमा एकछिन त नयाँ उर्जा थपिदिन्छ । विगत केही बर्ष देखि किराना पसल संगै बाख्रा पालन शुरु गरेको माया देवी थनेतले हाल माछा पालन, कुखुरा पालन, तरकारी खेतीमा जोड दिएको पाइन्छ । थारै बचत बाट शुरु गरको व्यवसाय अहिले लाखौको कारोबार गर्न सक्ने यस कालिका लघुवित्त वित्तीय संस्थाले बनायो र कर्जा सही सदुपयोग गरे सफल उधमी बन्न सकिन्छ भन्ने मायादेवी थनेतको जिवनस्तर र सफलता हेरी विश्लेषण गर्न सकिन्छ ।