Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

निरमाया सारु मगरको सफलताको कथा,शाखा कार्यालय गिरुवारी, नवलपुर असल कर्म गरे राम्रो फल पाईन्छ ।

निरमाया सारु मगरको सफलताको कथा,शाखा कार्यालय गिरुवारी, नवलपुर असल कर्म गरे राम्रो फल पाईन्छ ।

म निरमाया सारु मगर, बर्ष ४७ कि भए । गण्डकी प्रदेश नवलपरासी जिल्ला हुप्सेकोट ३ गिरुबारी मा बस्दै आइरहेकी छु । नवलपरासीको झ्यालबास भन्ने गाउँको सामान्य परिवारमा सानै उमेरमा भागी विवाह गरेर गिरुबारी भन्ने गाउँमा आए । मेरो श्रीमानले गाडी चलाउनु हुन्छ । ७ दिनको तालिम पश्चात कालिका लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय गिरुबारीको के.नं. ३२.०२३ मा आबद्घ भए र सर्वप्रथम सानो रकमको कर्जा लिएर बंगुरको लागि खोर र केही बंगुर खरिद गरी सो बाट व्यवसाय सुरु गरे । त्यस बिचमा मैले सानै भएपनि मासु पसल सुरु गरे। त्यसले आम्दानीका बाटाहरु झन खुल्दै गए । “व्यापार अपार” भन्ने उखानबाट प्रभावित भएकी म तरकारी व्यवसाय पनि संगै गर्ने योजना बनाए । कालिका लघुवित्तबाट पुन दुई लाख रुपैयाँ कर्जा लिएर सो बाट मैले तरकारी पसल पनि सुरुवात गरे । हाल तरकारी व्यवसाय, मासु पसल साथै कुखुरा, बाख्रा र बंगुर पनि पालेकी छु । त्यसपछि मैले यसै सस्थााबाट पुन पाँच लाख रुपैयाँ कर्जा लिएर गाडी खरिद गरी श्रीमानले आफ्नै गाडी चलाउनुहुन्छ । निरमाया अहिले कालिकाको इमान्दार ऋणी मात्र छैनन् सफल उधमी पनि बनेकी छन । उनका चार ओटै व्यवसाय राम्रोसँग चलेका छन । निरमाया कालिकाकी असल ऋणी हुन, श्रीमान उनका असल सहयात्री ।कुनै पनि व्यवसाय सफल बनाउन मेहनत र लगनशीलता चाहिने निरमायाको सुझाव छ । साथै लघुवित्तबाट कर्जा लिएकाले कर्जाको सदुपयोग गर्नुपर्नेमा जोड दिन्छिन् । “ऋण लिएपछी तिरिहाल्नु पर्छ, समयमा किस्ता बुझाउनु पर्छ ऋणको दुरुपयोग गर्नुहुन्न । धेरै संस्थाहरुमा बस्नु हुदैन, एउटै सस्थासंग कारोबार गर्नु पर्दछ उपलब्धी ढिलो चाडो हुन्छ ।” भन्ने सुझाब उनले दिन्छीन ।

Notice
Career
Check Mail
Staff Login
Back To Top