Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

शुसिला लामा सिंतानको सफलताको कथा,बेथानचोक शाखा काभ्रे

शुसिला लामा सिंतानको सफलताको कथा,बेथानचोक शाखा काभ्रे

म शुसिला लामा सिंतान, बर्ष २३ कि भए । बागमति प्रदेश काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०७ धनेश्वरमा बस्दै आइरहेकी छु ।काठमाडौमा जन्मिएर हुर्केकी म काभे्रपलान्चोकको वाइडाँडा भन्ने गाउँको सामान्य परिवारमा सानै उमेरमा भागी विवाह गरे । मेरो श्रीमानले गाडी चलाउनु हुन्छ । केही व्यवसाय गर्ने सोचमा बनेपा आयौ र ५ बर्षको लागी जग्गा भाडामा लियौ । एउटा सानो जस्ताको घर वनायौ । मेरो नन्द मार्फत म कालिका लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय वेथानचोकको के.नं. ६४.०११ मा सात दिनको तालिम पश्चात आबद्घ भए । सर्वप्रथम एक लाख रुपैया कर्जा लिएर तिन सय कुखुराका चल्ला र तीन ओटा बाख्राबाट व्यवसाय सुरु गरे । त्यस बिचमा मैले सानै भएपनि मासु पसल सुरु गरे । त्यसले आम्दानीका बाटाहरु झन खुल्दै गए । “व्यापार अपार”भन्ने उखानबाट प्रभाबित भएकी म होटल व्यवसाय पनि संगै गर्ने योजना बनाए । कालिका लघुवित्तबाट पुन पाँच लाख पचास हजार रुपैयाँ कर्जा लिएर श्रीमानले कमाएको पैसा समेत जोडेर एउटा गाडी किन्यौ र होटल पनि सुरुवात ग¥यौ । हाल होटल व्यवसाय, मासु पसल साथै कुखुरा, राँगा पनि पालेकी छु । श्रीमानले आफ्नै गाडी चलाउनुहुन्छ ।शुसिला अहिले कालिकाको इमान्दार ऋणी मात्र छैनन् सफल उधमी पनि बनेकी छन । उनका चार ओटै व्यावसाय राम्ररी चलेका छन । शुसिला कालिकाकी असल ऋणी हुन, श्रीमान उनका असल सहयात्री ।कुनै पनि व्यवसाय सफल बनाउन मेहनत र लगनशीलता चाहिने शुसिलाको सुझाव छ । साथै लघुवित्तबाट कर्जा लिएकाले कर्जाको सदुपयोग गर्नुपर्नेमा जोड दिन्छिन् ।

Notice
Career
Check Mail
Staff Login
Back To Top