सफलताको कथाःहोनीकला ठाडा,मदनपोखरा शाखा,पाल्पा
पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं ९ बेल्टारीमा बस्दै आइरहनुभएको ४३ वर्षिय होनीकला ठाडा कर्जाको सही सदुपयोग भयो भने ऋण लिएर धेरै प्रगति गर्न सकिन्छ भन्ने कुराको उदाहरणीय व्यक्ति बन्नुभएको छ । पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं ५ बिस्कुनडाँडा गाउँको सामान्य परिवारमा जन्म भएसंगै २० बर्षको उमेरमा घर नजिकको चन्द्र बहादुर ठाडा संग प्रेम विवाह गरे । मेरो श्रीमानले त्यो समयमा गाउँमा नै लघु जलविधुत परियोजनामा काम गर्नुहुन्थो । विहे भएको करीब ५ बर्ष पछी श्रीमान विदेश (मलेशिया) जानुभयो । २०७० सालमा मेरो साथी मार्फत म कालिका लघुवित्त वित्तीय संस्था लि. को शाखा कार्यालय मदनपोखराको के.नं. ११.०७ मा आबद्घ भए वचत कारोवार गरे । पहिलो पटकमा चालिस हजार रुपैयाँ कर्जा लिएर बंगुरको लागि खोर र केही बंगुर खरिद गरी व्यवसाय सुरु गरे । पटक पटक गरी कर्जा निकाली व्यवसाय विस्तार गर्दै गए । त्यस बिचमा मैले तिस वटा बाख्रा र तरकारी व्यवसाय पनि संगै गर्ने योजना बनाए । श्रीमानको सल्लाह अनुसार कालिका लघुवित्तबाट कर्जा लिदै व्यवसायमा लगानी गरी कर्जाको सही सदुपयोग गर्दा वैदेशिक आम्दानी भन्दा आफ्नै व्यवसायिक आम्दानी धेरै हुन गयो मिहेनत गरे आफ्नै देशमा नै प्रगती गर्न सकिन्छ भन्ने सोचेर श्रीमान पनि फर्कनु भयो र हामीहरुले ठाडा कृर्षी तथा पशु फर्म को नाममा फर्म दर्ता गरी कृर्षि तथा पशुपालन व्यवसायलाइ निरन्तरता दिदै गयौ । पुन सात लाख रुपैयाँ कर्जा लिएर ४० रोपनी जग्गामा तरकारी तथा फलफुल खेती,गाईपालन,भैसीपालन, बाख्रापालन कुखुरापालन, तथा मौरीपालन व्यवसाय पनि गरेकी छु । केहि समय पछि माछापालन तथा हाँसपालन पनि गर्ने सोचमा छु । होनीकला अहिले कालिकाको इमान्दार ऋणी मात्र होइन सफल उधमी पनि बन्नुभएको छ । उहाँका सवै व्यवसाय राम्ररी चलेका छन । होनीकला कालिकाकी असल सदस्य तथा श्रीमान उहाँका असल सहयात्री हुनुहुन्छ । संस्थामा आबद्ध हुनु पुर्व सदस्यको आर्थिक अवस्था कमजोर भएकाले गाउँघर तथा समाजमा १०/१५ हजार सर सापटी लिन पनि गाह«ो हुने, अन्य वैठक तथा वित्तीय संस्थाहरुमा कारोबार गर्न धितो नै जमानी राख्नुपर्ने बाध्यता संगै आफ्नो नाममा धितो नभएको कारणले सानो व्यवसाय गर्न पनि आट गर्न नसकिएको समस्या होनीकला ठाडा बताउनुहुन्छ । कालिकामा आवद्ध भएपश्चातको पारिवारिको आर्थिक अवस्थामा सुधार भएको कर्जा रकम तरकारी खेती तथा भैसीपालन व्यवसायमै लगानी गरी प्रशस्त आम्दानी भए संगै छोराछोरी को उच्च शिक्षा अध्ययनमा ठुलो सहयोग पुगेको र सामाजिक मान प्रतिष्ठामा पनि छवी राम्रो भएको भएको उहाँको भनाई छ । निज सदस्यले करीब १० रोपनी आफ्नै जग्गामा तरकारी खेती व्यवसाय गरेको र ४० रोपनी बाझो रहेको जग्गालाइ प्रयोगमा ल्याई तरकारी तथा फलफुल खेती ,गाईपालन ,भैसीसालन, बाख्रापालन कुखुरापालन, मौरीपालन व्यवसाय गरी रोजगारी , आर्थिक वृद्धि, स्वस्थ शरिर स्वस्थ वातावरण सिर्जना गर्नमा होनीकला ठाडा सदस्य एउटा राम्रो उदाहरण हुनुहुन्छ । कुनै पनि व्यवसाय सफल बनाउन अनुसासन, मेहनत, लगनशीलता तथा धैर्यता चाहिने होनीकला ठाडाको सुझाव छ । साथै लघुवित्तबाट कर्जा लिएकाले कर्जाको सदुपयोग गर्नुपर्नेमा जोड दिनुहुनुहुन्छ ।