Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

मिरा केवटको सफलताको कथा,शाखा कार्यालय भैरहवा, रुपन्देही

मिरा केवटको सफलताको कथा,शाखा कार्यालय भैरहवा, रुपन्देही

मेरो नाम मिरा केवट म ४३ वर्षकी भए हाल लुम्विनि प्रदेश रुपन्देही जिल्ला मायादेवी ०८ बालेबगियामा मा बस्दै आइरहेकी छु । बालेबगिया  भन्ने गाउँको सामान्य परिवारमा १४ वर्षको उमेरमा विवाह गरेर बालेवगिया भन्ने गाउँमा आए । मेरो श्रीमानले  सामान्य तरकारी खेती गनुहुन्थयो  । हाम्रो गुजारा टार्न एकदमै गाह्रो भएको थियो । त्यसै पश्चात मेरो श्रीमान विदेश जाने सोच्नु भएको थियो । त्यसै क्रममा कालिका लघुवित्त  वित्तीय सस्थाबाट गाउंमा आई तालिम दिएको रहेछ म पनि सोही तालीमा आबद्र भई र ७ दिनको तालिम पश्चात कालिका लघुवित्त वित्तीय संस्था लि को शाखा कार्यालय भैरहवाको के ।नं। ३५।०३८।०१।३ मा आबद् भए र वचत कारोवार गर्न सुरु गरे । सर्वप्रथम सानो रकमको कर्जा लिएर तरकारी व्यवसाय विस्तार गरेउ  तरकारी खेती संगसगै १ भैसी किनी दिनको ५ लिटर दुध बेच्न थाल्यौ । आम्दानीको बाटो खुले संगै श्रीमान विदेश नगई घरमै १ टयाक्टर लिई व्यवसाय बढाउने सोच्नु भयो । फेरी पहिलाको कर्जा चुक्ता गरी पुन कर्जा लिई टयाक्टर किन्नुभयो चलाउन सुरु गनुभयो। त्यस बिचमा मैले तरकारी ब्यवसायलाई राम्रो संग सुरु गरे। त्यसले आम्दानीका बाटाहरु झन खुल्दै गए । “व्यापार अपार” भन्ने उखानबाट प्रभावित भएकी म भैसी फेरी थप गर्न सोचमा पुगे । कालिका लघुवित्तबाट पुन तिन लाख रुपैयाँ कर्जा लिएर सो बाट मैले ३ वटा भैसी किने। हाल तरकारी व्यवसाय, भैसी पालन र घरमा  ट्याक्टर पनि किने त्यस बाट पनि राम्र्रो आम्दानी भयो र फेरी मैले कर्जा थप गरि अर्का टयाक्टर लिने विचार गरे अनि लिए त्यस पछि हामीलाई कुनै दुखनै भएन । मेहनत गर्न छोड्नु भएन अहिले श्रीमान सगै हुनुहुन्छ । घरमा छोरा छोरी राम्रो संग पढन्न पाए र अहिले हामी गाउँकै उदाहणीय व्यक्ति बनेका छौ । त्यसैले मलाई यस सस्थाबाट धेरै नै सहज भएकोले र गाउंमा ३ रुपैयाका पैसा तिर्न निकै गाह्रो भएको मलाई अहिले यस सस्थाले निकै सहज र सरल बनाएकोले कर्जा सदुपयोग गर्न जान्नु पर्छ पैसा कमाउन विदेश जानु पर्दैन भन्ने मिरा केवटको सुझाब छ । समुह पनि प्रथम नै रहेको र गाउमा सबै जनाले भैसी पालन,तरकारी खेती गरी राम्रो आय आर्जन गरेकाले कर्जा लिएर सदुपयोग गर्न जान्ने हो भने कहि कतै जानु पदैन भन्ने सन्देश दिनुभएको छ । मिरा केवट कालिकाको इमान्दार ऋणी मात्र छैनन् सफल उधमी पनि बनेकी छन । उनका सबै व्यवसाय राम्रोसँग चलेका छन । मिरा केवट कालिकाकी असल ऋणी हुन, श्रीमान उनका असल सहयात्री ।कुनै पनि व्यवसाय सफल बनाउन मेहनत र लगनशीलता  धैर्यता चाहिने  सुझाव छ । साथै लघुवित्तबाट कर्जा लिएकाले कर्जाको सदुपयोग गर्नुपर्नेमा जोड दिन्छिन् । र सर्वप्रथम लघुवित भन्नि बुझेको यही कालिका लघुवित्तबाट हो।

Notice
Career
Check Mail
Staff Login
Back To Top