Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

सफलताको कथा (विनिता खड्का)

सफलताको कथा (विनिता खड्का)

नवलपरासी जिल्ला हुप्सेकोट गाउँपालिका वडा नं ०२ कोलियामा बसोबास गर्दै आइरहनु भएको श्री विनीता खड्का मिति २०७५।०९।०३ गते कालिका लघुवित्त वित्तीय संस्था लि. संस्थाका कर्मचारी मार्फत गिरुबारी शाखामा आबद्ध हुनुभयो । शुरुमा सानो कर्जा देखि शुरुवात गरेको विनीता खड्काले हाल यस संस्थाबाट रकम रु ७,००,०००।—कर्जा लिई व्यवसाय सन्चालन गदै आइरहनु भएको छ । सबै व्यवसायहरु श्रीमान श्रीमतीको मिहिनेत र लगनशिलता नै सफल भएको उहाँ बताउनुहुन्छ । कर्जा मात्र नभई वित्तीय संस्थामा आवद्ध भए पश्चात् सानो सानो दैनिक बचत रकम संकलन गरी बचत गर्ने बानीको बिकास भएको उहाँ बताउनुहुन्छ । गाउँघरमा सानो पुस्तक पसल भएको हुदाँ कुनै बेला छरछिमेकी,साथीभाईसंग पसलमा सामान राख्न पैसा सरसापटी माग्दा साथीभाई कसैले नदिएता पनि कालिका लघुवित्तमा आबद्द भए पश्चात कसैसंग माग्न नपरेको उहाँ बताउनुहुन्छ । उहाँलाई सफल बनाउन कालिका लघुवित्तको ठूलो हात रहेको बताउनुहुन्छ । उमेर सानै भएता पनि आफुसंगका साथीभाई बिदेश गएता पनि बैदेशिक रोजगारीमा नगई नेपालमा केही गरेर देखाउछौ भनेर समाजलाई एक उदाहरणिय पात्र हुनुभएको छ खड्का दम्पती । बिगत केही बर्षदेखि पुस्तक पसल व्यवसाय मात्र नभई भैसीपालन,गाईपालन, कुखुरापालन र तरकारी खेतीमा आबद्द भएको पाइन्छ । थोरै बचतबाट शुरु गरेको व्यवसाय अहिले लाखौको कारोबार गर्न सक्ने यस वित्तिय संस्थाले बनाएको र कर्जा सहि सदुपयोग गर्नसके सफल उधमी बन्न सकिन्छ भन्ने विनीता खड्काको जिवनस्तर र सफलता हेरि बिश्लेषण गर्न सकिन्छ ।

Notice
Career
Check Mail
Staff Login
Back To Top