चोरमारा शाखा,सफलताको कथा (कान्छी मैया सिंह ठकुरी)
नवलपरासी जिल्ला मध्यबिन्दु नगरपालिका वडा नं ०७ चोरमारामा बसोबास गदै आइरहनु भएको श्री कान्छी मैया सिंह ठकुरी मिति २०७५।०९।१२ गते कालिका लघुवित्त वित्तिय संस्था लि. संस्थाका कर्मचारी मार्फत चोरमारामा आबद्ध हुनुभयो । शुरुमा एउटा १५००० सानो फिरिज लिएर एक्लै शुरुवात गर्नु भएको बताउनु हुन्छ । श्रीमान बैदेशिक रोजगारका लागि साउदी गएता पनि राम्रो कमाई नभएका कारण स्वदेश फर्किनु पर्यो । अनि श्रीमान/श्रीमती दुबै एउटै पेशामा आबद्ध भएको बताउनु हुन्छ । कान्छी मैया सिंह ठकुरीले हाल यस वित्तीय संस्थाबाट रु ७,००,०००।—कर्जा लिई व्यवसाय सन्चालन गर्दै आइरहनु भएकोछ । सबै व्यवसायहरु श्रीमान/श्रीमतीको मिहिनेत र लगनशिलताबाट नै सफल भएको उहाँ बताउनुहुन्छ । कर्जा मात्र नभई वित्तीय संस्थामा आवद्ध भए पश्चात् सानो सानो दैनिक बचत रकम संकलन गरी बचत गर्ने बानीको बिकास भएको उहाँ बताउनुहुन्छ । दुई जना कामदार लाई समेत रोजगार दिदै आउनुभएको दम्पतिले दैनिक ९०० लिटर दुध संकलन गरी ६०० लिटर बिक्री २००,३०० घरधुरिलाई बिक्री गर्न र बाकी रहेको दुधबाट दही, पनिर र घ्यू बनाई बिक्री गरी राम्रो मुनाफ आर्जन गर्न सफल भएको बताउनु हुन्छ । कुनै बेला छरछिमेकी,साथीभाईसंग पसलमा सामान राख्न पैसा सरसापटी माग्दा साथीभाई कसैले नदिएता पनि कालिका लघुवित्तमा आबद्द भए पश्चात् कसैसंग माग्न नपरेको उहाँ भन्नुहुन्छ । उहाँलाई सफल बनाउन कालिका लघुवित्तको ठूलो हात रहेको बताउनुहुन्छ । साथीभाई बिदेश गएता पनि बैदेशिक रोजगारीमा नगई नेपालमा केही गरेर देखाउछौ भनेर समाजलाई एक उदाहरणिय पात्र हुनुभएको छ ठकुरी दम्पती । बिगत केही बर्षदेखि दुध डेरी व्यवसाय मात्र नभई किराना पसल ब्यावसायमा आबद्द भएको पाइन्छ । थोरै बचत बाट शुरु गरेको व्यवसाय अहिले लाखौको कारोबार गर्न सक्ने यस वित्तिय संस्थाले बनाएको र कर्जा सहि सदुपयोग गर्नसके सफल उधमी बन्न सकिन्छ भनि कान्छी मैया सिंह ठकुरीको जिवनस्तर र सफलता हेरि बिश्लेषण गर्ने सकिन्छ ।